२०८२ श्रावण ३, शनिबार
July 19, 2025, Saturday

करेन्ट लागेर महिलाको मृत्यु

बाँकेको कोहलपुरमा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ।

सोमबार बेलुका साढे ६ बजेतिर कोहलपुर नगरपालिका वडा नम्बर १३ भरैयाकी ४५ वर्षीया प्रेमा थारुको मृत्यु भएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख डिएसपी धर्मराज भण्डारीका अनुसार आफ्नै घरको धारामा नुहाउने क्रममा उनलाई करेन्ट लाग्दा घटनास्थलमै मृत्यु भएको थियो।

पानी परिरहेको हुँदा मोटरमा करेन्ट प्रवाह भएको हुन सक्ने र त्यहीँबाट करेन्ट लागेको अनुमान भइ रहेको भण्डारीले बताए।
दिनभर खेतमा रोपाइको काम गरी आएकी प्रेमा धारामा नुहाउन भनेर गएकी थिइन्। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।

Related News

नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
नृत्य निर्देशक रावल “प्रज्ञा प्रादेशिक प्रतिभा पुरस्कार – २०८१” बाट पुरस्कृत
  • २०८१ असार १८

दिपायल – वरिष्ठ नृत्य निर्देशक राम बहादुर रावल “प्रज्ञा प्रादेशिक...

TOP