२०८१ फाल्गुन ६, मंगलवार
February 18, 2025, Tuesday

एसईईमा डोटीका १७.४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण


दिपायल – एसईईमा डोटीका १७. ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका छन् । बिहीबार सार्वजनिक भएको एसईईकोे नतिजा अनुसार जिल्लाका १७. ४७ प्रतिशत विद्यार्थी मात्रै उत्तीर्ण भएका हुन् ।

डोटी जिल्लाबाट तीन हजार एक सय १३ जना विद्यार्थी परीक्षामा सम्मिलित भएका थिए । जसमध्ये दुई हजार पाँच सय ६९ जना अनुत्तीर्ण भएका छन् । यसमा अनुपस्थित विद्यार्थीहरूको संख्या पनि जोडिएको छ। जम्मा विद्यार्थी संख्याको १७.४७ प्रतिशत अर्थात पाँच सय ४४ जना विद्यार्थीहरु मात्रै उत्तीर्ण भएका हुन्।

जिल्लाका ८ जना विद्यार्थीहरु मात्रै “ए” ग्रेड ल्याउन सफल भएका छन् । ९२ जना विद्यार्थीहरुले “ए” ग्रेड ल्याएका छन् । दुई सय ४१ जनाले “बि प्लस” ग्रेड ल्याएका छन् भने एक सय ९१ जनाले “बि” ग्रेड र १२ जनाले “सि प्लस” ग्रेड ल्याएका छन् ।

Related News

प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिताको उपाधि वडा नम्बर ३ लाई 
  • २०८१ असार १३

दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...

TOP