२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

कांग्रेस र नाउपाको असहभागिताबिच सुदूरपश्चिम प्रदेश सभा बैठक जारी

दिपायल- सुदूरपश्चिम प्रदेश सभाको चौथो अधिवेशनको बैठकमा प्रमुख प्रतिपक्षी तथा प्रतिपक्ष प्रदेश सभा सदस्यहरुको अवरोध कायमै रहेको छ ।

असंवैधानिक सरकार खारेज गर भन्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र नागरिक उन्मुक्ति पार्टीका रेशम पक्ष प्रदेश सभा सदस्यहरुले बैठक अवरोध गरेका हुन् ।

नागरिक उन्मुक्ति पार्टीको संसदीय दलका नेताका विषयमा स्पष्ट पार्नुपर्ने रेशम पक्षका प्रदेश सभा सदस्यहरुले माग गरे ।

‘हामीले प्रदेश सभामा पार्टीको विधान दिएका छौं । त्यसका आधारमा सचिवालयबाट सेवा सुविधा र सूचना पाइरहेका छौं तर, दलको नेताका विषयमा आइरहेको अस्पष्टता सभामुखज्यूले हटाउनुपर्ने छ । संसदीय दलको नेता बनाउने अधिकार पार्टीलाई छैन । पार्टी केन्द्रले लेखेको चिठ्ठी प्रदेश सभामा दर्ता भएको छ । त्यसलाई फाल्नुपर्छ । दलको नेता घनश्याम चौधरीनै हुन । कैलाश चौधरी होइनन् उन्मुक्तिका नेताले भने ‘हाम्रा माननीय मन्त्रीज्यूहरु सरकारमा सामेल भएका छैनन् । हामीले पठाएका पत्र कार्यान्वयन नभएसम्म यो सदन चल्न दिने छैनौं।’

काँग्रेस र उन्मुक्तिका प्रदेश सभा सदस्यहरुले नाराबाजीसहित बैठक बहिष्कार गरेपनि सभामुख भीमबहादुर भण्डारीले बैठकलाई निरन्तरता दिए । भण्डारीले मुख्यमन्त्री दीर्घबहादुर सोडारीलाई बजेटसंग सम्बन्धित विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकतामाथिको छलफल अघि बढाउन प्रस्ताव पेश गरेका थिए ।

Related News

पाँचौँ पटकमा प्रचण्डले पाएनन् विश्वासको मत, १८ महिनामा ढल्यो सरकार
पाँचौँ पटकमा प्रचण्डले पाएनन् विश्वासको मत, १८ महिनामा ढल्यो सरकार
  • २०८१ जेष्ठ १६

काठमाडौ– पाँचौ पटकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्‌बाट विश्वास गुमाएका...

TOP