२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

इजरायलले दूतावासलाई बुझायो ५ नेपालीकाे शव

काठमाडौं – इजरायलमा ज्यान गुमाएका १० जना नेपाली विद्यार्थीमध्ये पाँच जनाको शव प्राप्त भएको छ। इजरायलस्थित नेपाली दूतावासले ५ जनाको शव प्राप्त गरेको जनाएको हो।

ज्यान गुमाएका १० जना मध्ये नारायणप्रसाद न्यौपाने, लोकेन्द्रसिंह धामी, गणेशकुमार नेपाली, दिपेशराज विष्ट र आशिष चौधरीको शव दूतावासले प्राप्त गरेको हो।

सिडट निजेभ एग्रिकल्चर सेन्टर अन्तर्गत किब्बुज अलुमिममा प्रशिक्षणरत विद्यार्थीहरूमाथि आक्रमण हुँदा १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। बाँकी ५ जनाको शव प्राप्त हुने क्रममा जारी रहेको दूतावासले जनाएको छ ।

प्राप्त गरेका शवहरू ढिलानगरी नेपाल पठाउन इजरायल सरकारसँग समन्वय भइरहेको दूतावासले विज्ञप्तिमा उल्लेख गरेकाे छ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०८० आश्विन २९

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP