डोटी – डोटी जिल्लाको आदर्श गाउँपालिका वडा नं ५ (सविक लामिखाल गाविस) घर भएका पदम थापा सुन्दर भविष्यको कल्पना गरेर इजरायल गएका थिए । थापा सुदूरपश्चिम विश्वविद्यालयको बिएस्सी एजीका विद्यार्थीका लागि ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इन्टर्नसिपमा अध्ययन गर्न इजरायल पुगेका हुन ।
एक महिना अगाडि मात्रै थापाका घरपरिवार, आफन्त, साथीभाइ, इष्टमित्रहरूले इजरायल बसाइँ सुखद होस्, सोचेका सपना पुरा होस् भनेर उनको फोटो राखेर शुभकामना दिएका थिए । दैवको दसा लागेपछि कसको के लाग्थ्यो र ? इजरायलमा पेलेस्टायनी बिद्रोही समूह हमासले गरेको आक्रमणमा परि सदाको लागि सुन्दर सपनालाई बुन्न नपाउँदै अस्ताए थापा । असोज २० गते डोटी लगायत धेरै ठाउँमा भुकम्प गएको थियो ।
”विहान ११ बजेर ४५ मिनेट तिर गएको भुकम्पका बारेमा अन्तिम कुराकानी भएको थियो” जलस्रोत तथा सिचाइ विकास डिभिजन कार्यालय राजपुर डोटीमा कार्यरत असिस्टेन्ट ओभरसियर भाउजुको मेखु अधिकारीले मधुरो स्वरमा सुनाइन । अधिकारीले भनिन ”देवर सँग हामी त भुकम्प बाट बच्दैनौ कि बाबू सधैं डोटीमा त भुकम्प आइरहन्छ भनेर भिडियो कलमा कुरा गरेका थियौ । दुबै जना खुसी हुँदै केही समयत मिठा बात पनि गरेका थियौं । केहि समयको छोटो कुराकानि पछि छुट्टिएर दुबैजना आ-आफ्नो काम तिर लाग्यौ (भावुक हुँदै भनिन)। त्यसको केहि समय पछि थापाले, ‘म मरे अब भाउजू’ भनेर पठाएको म्यासेज उनले तुरुन्तै हेर्ने पाइनन् उनी काममा व्यस्त थिइन । मनले मानेन काम अलिक कम भएपछि म्यासेज हेर्दा त थापा अफलाइन भैसकेका रहेछन ।
उनलाई देवरको म्यासेज देखेर के भएको हो सो बारेमा जान्न चाहान्थिन् तर उनी अफलाइन भैसकेका थिए । उनी इजरायलमा नेपाली विद्यार्थीहरू पनि आक्रमण परेको खबर सुन्दा डराइन । बुढा सासुससुरालाई त्यो कुरा सुनाउन सकस भयो । सामाजिक संजाल भरि इजरायलमा घटेको घटनाको समाचार धमाधम आउन थाले उनको मन अतालियो । उनले आफ्नो देवरसँग दोस्रो संवाद समेत गर्न पाइनन् । अधिकारीका श्रीमान दान बहादुर थापा आदर्श गाउँपालिकामा इन्जिनियर हुन । उनले त्यतिबेला नै श्रीमतीलाई इजरायलमा भएको घटानाको बारेमा केही थाहा पायौ भनेर फोन गरे ।
उनले एकछिन अगाडि मात्रै बाबू सँग कुरा भएको र एक्कासी मलाई म मरे भनेर म्यासेज गरेका छन् तर अहिले अफलाइन भैसकेका छन् भनेर श्रीमानलाई सुनाइन। दुबै जना ठुलो चिन्तामा परे । थापाका बुवा प्रेसरका बिरामी हुन । यो घटना सुन्ने बित्तिकै उनको प्रेसर बढ्दै गएकोले दान बहादुरले बुवालाई दिपायलको सुजंङ्ग अस्पतालमा भर्ना गरिएको बताए ।
दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...