२०८१ असार २९, शनिबार
July 13, 2024, Saturday

खैरो हेरोइनसहित दुई भारतीय पक्राउ

कैलाली – कैलालीबाट खैरो हेरोइनसहित दुई भारतीय पक्राउ परेका छन् ।

कैलालीको लम्कीचुहा नगरपालिका- ९ सोहनपुर भन्ने स्थानमा लागुऔषध (खैरो हेरोइन) कारोबार तथा सेवन भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरीले टोलीले लखिनपुर खिरी निघासन तिकुनिया भारत बस्ने वर्ष २४को गुर्वेन्द्र सिंह र वर्ष २१ को कुलदिप सिंहलाई कालो रङको युपि ३१ बिवाइ ४९२४ नंम्बरको मोटरसाइकल र १० ग्राम खैरो हेरोइनसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कुलदिप चन्दले बताए ।

दुवै जनाको खानतलासी गर्दा १० ग्राम २ सय ८० मिलिग्राम परिमाण भएको लागुऔषध (खैरो हेरोइन) फेला पारी दुवै जनालाई नियन्त्रणमा लिइएको डीएसपी चन्दले जानकारी दिए ।

Related News

त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
  • २०८० आश्विन १८

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ...

TOP