२०८१ आश्विन २९, मंगलवार
October 15, 2024, Tuesday

चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिको धनगढीमा विरोध कार्यक्रम

धनगढी – नेपाल चिकित्सक संघ सुदूरपश्चिम प्रदेश समितिले धनगढीमा विरोध कार्यक्रम गरेको छ। चिकित्सकमाथि भइरहेको आक्रमण तथा कुटपिट विरुद्ध संघले विरोध कार्यक्रम गरेको हो।

सेती प्रादेशिक अस्पतालदेखि सुरु भएको विरोध र्‍याली मुख्यमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय हुँदै अस्पतालको प्राङ्गणमा पुगेर कोणसभामा परिणत भएको थियो।

संघका सचिव डाक्टर कपिल भट्टले पछिल्लो समय चिकित्सकलाई काम गर्ने वातावरण नभएको बताए। काम गरिरहेको स्थानमा सरकारले चिकित्सकलाई सुरक्षित बनाउनुपर्ने उनीहरूकको माग छ।

हाम्रो माग कागजका पानामा लेखेर सहमति गरेमा हामी शान्त हुन्नौ हामीलाई सुरक्षित भएको आभास गराउनु पर्छ । चिकित्सकलाई भय रहित वातावरणमा उपचार गरिदिने बनाउन सरकारकै निकायबाट पहल कदमी चालिनु पर्नेमा आन्दोलनमा सहभागी चिकित्सकको जोड रहेको छ ।

Related News

भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
भारतको अस्पतालमा मजदुर नेपालीको दर्दनाक छटपटी, पैसाको अभावमा ज्यान गुम्ने खतरा
  • २०८० आश्विन १२

बेङ्गलुरु- भारतको बेङ्गलुरुमा रहेको मनिपाल हस्पिटलमा एक नेपाली उपचार अभावमा...

TOP