२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

शिक्षक र सरकारबीचको वार्ता

काठमाडौं – आन्दोलनरत शिक्षकहरुसँग शुक्रबार बिहान ८ बजे गर्ने भनिएको वार्ता सरेकाे छ।

असोज ३ गते देखि देशैभरीका शिक्षकहरुले काठमाडौं केन्द्रित आन्दोलन गरे पछि सरकारले उनीहरुलाई बार्तामा बोलाएको थियो।

यसअघि बिहिबार बिहान र बेलुका भएको बैठक निष्कर्षबिहिन भएपछि आज बिहान ८ बजेका लागि पुन: बोलाइएको थियो । तर, सो वार्ता अब १२ बजेपछि सिंहदरबारमा बस्ने भएकाे छ।

शिक्षकहरुको मागका बारेमा सरकारले आन्तरिक छलफल गर्न अझै बाँकी रहेको भन्दै थप समय मागेपछि बार्ता १२ बजेका लागि सारिएको हो। नेपाल शिक्षक महासंघका महासचिव लक्ष्मी किशोर सुवेदीको अनुसार यतिखेर सरकार र आन्दोलनरत शिक्षक दुवै पक्ष आन्तरिक छलफलमा जुटेका छन्।

सो अघि कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्कासहित, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठ तथा कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङ, शिक्षा मन्त्री अशोक राइलगायतले बिहान एक चरण आन्तरिक छलफल गरेका थिए । साे छलफल पूर्ण नभए पछि थप समय माग गरिएकाे हाे ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८० आश्विन ५

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP