२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

पहिरोले महाकाली राजमार्ग अवरुद्ध

बैतडी – अविरल वर्षापछि आएको पहिरोले महाकाली राजमार्ग अवरुद्ध भएको छ । वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११।३० बजे सडक माथिबाट पहिरा खस्दा राजमार्ग अवरुद्ध बनेको हो ।

राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्णरुपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए । उनका अनुसार अहिले यात्रुहरु बीचबाटोमै अलपत्र परेका छन् ।

पहिरा पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । रासस

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० भाद्र २४

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP