२०८३ बैशाख १०, बिहीबार
April 23, 2026, Thursday

धानबालीमा राखिएको धरापमा परी महिलाको मृत्यु

धनगढी – कैलालीको धनगढी उपमहानगरपालिका–३ मा विद्युतीय धरापमा परेर गए राति एक महिलाको मृत्यु भएको छ ।

वन्यजन्तुबाट धान बाली जोगाउनका लागि खेतको आलीमा छोडिएको विद्युतीय धरापमा परेर सोही ठाउँकी अन्दाजी ३२ वर्षीया मञ्जु कुँवरको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । सो कार्यालयका अनुसार घटना राति ११ बजे घटेको थियो ।

महिलाको मृत्यु भएपछि खेतमा विद्युतीय धराप राख्ने स्थानीय जङ्गलिया चौधरीलाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष बस्यालले जानकारी दिए । घटनास्थलबाट भारतबाट तस्करी गरी ल्याइएको केही सामान बरामद गरिएको छ ।

महिला राति खेतमा किन गएको भन्ने विषयमा परिवारसँग सोधपुछसहित अनुसन्धान गर्ने कार्य गरिरहेको प्रहरीले जनाएको छ । साथै, बरामद तस्करीको सामान कसले ल्याएको भन्ने विषयमा पनि अनुसन्धान भइरहेको बस्यालले बताए ।

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८० भाद्र १९

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP