२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

हराएकी किशोरीको शव फेला

बडीमालिका – हिमाली गाउँपालिकामा एक १४ वर्षीय किशोरीको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार मृत अवस्थामा फेला परेकी किशोरी हिमाली गाउँपालिका –१ नेटाकी स्थानीय तारा थापाकी १४ वर्षीया छोरी सर्पनसिला थापा छन् ।

उनी शनिबार बेलुका घरबाट बेपत्ता भएकी थिइन् । घरबाट हराएकी उनको शव बिछ्याँ खोलामा मृत अवस्थामा भेटिएको हो । स्थानीयहरुले थापा बेपत्ता भएको प्रहरीलाई खबर गरेका थिए ।

प्रहरी र स्थानीयले खोजतलास गर्दा उनको शव आइतबार बिहान फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी निरीक्षक दानसिंह भण्डारीले जानकारी दिनुभयो ।

घटनाबारे थप अनुसन्धान भइरहेको पनि प्रहरी निरीक्षक भण्डारीको भनाइ छ । मृतक किशोरीको शव पोष्टमार्टमका लागि कोल्टी प्राथमिक स्वास्थ्यचौकीमा राखिएको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० भाद्र १८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP