२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

८ वर्षपछि सर्वसाधारणका लागि खुल्यो तातोपानी नाका

काठमाडौ- चीनसँगको उत्तरी सीमा नाका तातोपानी आजदेखि पूर्ण रुपमा खुलेको छ।

२०७२ वैशाख १२ को भूकम्पपछि बन्द रहेको यो नाका यसअघि अस्थिर रुपमा मात्रै सञ्चालनमा आएको थियो ।

केही मात्रामा कन्टेनरबाट सामान ओसारपसार भए पनि मानव आवतजावतमा रोक लगाइएको थियो। शुक्रबार ८ वर्षपछि सर्वसाधारण चीन प्रवेश पाउने गरी नाका खुलाइएको हो ।

अध्यागमन कार्यालयबाट पास बनाएर शुक्रबार यो क्षेत्रका सांसद माधव सापकोटा, भन्सार कार्यालयका प्रमुखसहितको टोली पास बनाएर चीनतर्फ लागेसँगै यो नाका पूर्ण रुपमा खुलेको हो ।

गत मङ्गलबार तिब्बतको ल्हासामा चिनियाँ अधिकारी र नेपाली अधिकारीबीच भएको बैठकले नाकामा स्थानीय सर्वसाधारण आवतजावत गर्न पाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रमेश न्यौपानेले जानकारी दिए ।

दुवै देशले भूकम्पले क्षति पुगेको संरचना पुनर्निर्माण गरेपछि १४ जेठ २०७६ मा यो नाका वस्तु आयात निर्यातका लागि सञ्चालनमा आएको थियो ।

तर, कोरोनाभाइरस महामारी विश्वभर फैलिएपछि ११ चैत २०७६ मा नाका पुनः बन्द भएको थियो । कोभिड–१९ पछि नाका खुल्ने र बन्द हुने पटक–पटक भएपनि यात्रु आवतजावतका लागि नाका सञ्चालनमा आएको थिएन ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० भाद्र १५

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP