काठमाडौँ – कक्षा १२ को ग्रेड वृद्धि परीक्षा आगामी असोज ६ र ७ गते हुने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा नतिजामा नन ग्रेडेड (एनजी) ल्याएका विद्यार्थीहरूका लागि ग्रेड वृद्धि परीक्षा सञ्चालन गर्न लागेको हो ।
त्यसका लागि १ विषयमा एनजी आएका विद्यार्थीको संख्या ७९ हजार ५८४ विद्यार्थीले ग्रेड वृद्धि परीक्षामा सहभागी हुन पाउनेछन् ।
यो वर्षको परीक्षामा १ लाख ८२ हजार ९२६ विद्यार्थीले एनजी ल्याएका छन् । ती मध्ये १ लाख २३ हजार विद्यार्थीले ग्रेड बुद्धि परीक्षा दिन पाउनेछन् ।
प्रकाशित नतिजामा चित्त नबुझेको खण्डमा विद्यार्थीहरूले चित्त नबुझेमा १५ दिन भित्र ५०० रुपैयाँ तिरेर आवेदन दिन सकिनेछ ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...