२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

पाँच दिनदेखि अवरुद्ध भीमदत्त राजमार्ग एकतर्फी रूपमा सञ्चालन

धनगढी – पाँच दिनदेखि अवरुद्ध सुदूरपश्चिम प्रदेशका पहाडी जिल्ला जोड्ने भीमदत्त राजमार्ग एकतर्फी रुपमा सञ्चालनमा आएको छ ।

एकतर्फी सञ्चालन भए पनि भीमदत्त राजमार्गमा दोहोरो यातायात सञ्चालन हुन अझै समय लाग्ने सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी ईन्जीनियर पीयूष चटौतले जानकारी दिए ।

अविरल वर्षापछि आएको बाढी र पहिरोका कारण भीमदत्त राजमार्ग अन्तर्गत पर्ने कैलालीको गोदावरी नगरपालिका –४ बुढीतोलामा सडक खण्ड पाँच दिनदेखि अवरुद्ध थियो ।

सडक विभाग,सुरक्षाकर्मी र स्थानीयहरूको निरन्तर प्रयासपछि भासिएको सडक मर्मत सम्भार र एकतर्फी सञ्चालन पाँचौँ दिनमा खुले पनि दोहोरो यातायात भने यो बर्खा याममा काम गर्न नसकिने चटौतले बताए । उनले भने नयाँ ट्र्याक खालेको ठाउँमा माटो गिलो र पानी जम्ने भएका दुई तर्फी बाटो संचालान गर्न कठिनाइ भएको हो ।

पहाडी जिल्लाबाट आएका सवारी साधनहरुलाई शनिवार एक÷एक गरी तल झार्ने प्रयास गरिएको र भूस्खलन भएको सडकबाट एउटै गाडी निकाल्न पनि कठिनाइ भएको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण २८

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP