२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

भजनीमा बाढीको कहर, हजार भन्दा बढी नगरवासी

धनगढी – बाढीको डुबान र कटानको उच्च जोखिममा रहेको कैलाली जिल्लाको भजनी नगरपालिका यो वर्ष पनि डुबानमा परेको छ । गएको सोमबारदेखि परेको अविरल वर्षाले भजनी नगरपालिका जलमग्न भएको छ ।

नगरको सबै बस्ती जलमग्न भएपछि यहाँका एक हजार बढी नगरवासी प्रभावित भएका छन् । उनी सुरक्षित ठाउँको खोजीमा कोही सरकारले बनाइदिएको सुरक्षित उँचो भवनमा, विद्यालयमा त कोही हुलाकी राजमार्गमा त्रिपाल टाँगेर धनजन जोगाउन विवश छन् ।

नगरपालिकाका प्रवक्ता एवं वडा नं. ३ का वडाध्यक्ष विक्रम चौधरीले सोमबारदेखि परेको पानीले हालसम्म एक हजार भन्दा बढी घरधुरी प्रभावित भएको बताए ।

यसैबीच जनपथ प्रहरी, सशस्त्र प्रहरी, स्थानीयलगायतको टिमले उद्धारमा खटिएका छन् । तर स्थानीयहरू कहीँ कतैबाट हालसम्म कुनै राहतको सामान पाउन नसकेको बताएका छन् । नगरपालिकाले प्रभावितलाई केही पानी र खाजा बाँडेको थियो । त्यो बाहेक हालसम्म पाउन नसकेका स्थानीय चम्की थरुनीले बताइन् ।

भजनी नगरपालिका क्षेत्र बर्सेनि बाढीको समस्या झेल्दै आएको छ । यहाँको कन्द्रा, काँढा, पथरैया, मोहना नदीमा आउने बाढीले डुबान हुँदै आएको छ । यहाँको सबैभन्दा धेरै वडा नम्बर ३ को कुशुमघाट, ढुसी, बर्दवा, कनैयापुर, वडा नं. ८ को बहादुरपुर, जनकपुर, मिजाहा र सोनाफाँटाका अधिकांश घरहरूमा पानी भरिएको छ ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण २५

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP