२०८२ बैशाख १३, शनिबार
April 26, 2025, Saturday

राष्ट्र बैंकले गर्‍यो तीन बैंकलाई कारबाही, २ वटालाई नगद जरिवाना

कर्जा निक्षेप अनुपात अर्थात् सीडी रेसियो कायम नगरेकोमा दुई बैंक कारबाहीमा परेका छन्।

कुमारी बैंक र हिमालयन बैंक लिमिटेडलाई सीडी रेसियो कायम नगरेकोमा राष्ट्र बैंकले नगद जरिवाना नै गरेको हो।

कुमारी बैंकलाई ५९ लाख ६३ हजार र हिमालयन बैंकलाई १ करोड ३९ हजार जरिवाना गरेको हो।

साथै, प्राइम कमर्सियल बैंकलाई भने क्यापिटल एडोकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेकोमा सचेत गराइएको छ।

क्यापिटल एडोकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको साथै प्रिमिय दर बढाई ब्याज असुल गरेकोमा प्राइम बैंकको सीईओलाई राष्ट्र बैंकले बोलाएर सचेत गराएको हो।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण २२

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP