२०८२ माघ १, बिहीबार
January 15, 2026, Thursday

राष्ट्र बैंकले गर्‍यो तीन बैंकलाई कारबाही, २ वटालाई नगद जरिवाना

कर्जा निक्षेप अनुपात अर्थात् सीडी रेसियो कायम नगरेकोमा दुई बैंक कारबाहीमा परेका छन्।

कुमारी बैंक र हिमालयन बैंक लिमिटेडलाई सीडी रेसियो कायम नगरेकोमा राष्ट्र बैंकले नगद जरिवाना नै गरेको हो।

कुमारी बैंकलाई ५९ लाख ६३ हजार र हिमालयन बैंकलाई १ करोड ३९ हजार जरिवाना गरेको हो।

साथै, प्राइम कमर्सियल बैंकलाई भने क्यापिटल एडोकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेकोमा सचेत गराइएको छ।

क्यापिटल एडोकेसी फ्रेमवर्क २०१५ अनुसार जोखिम भारित सम्पत्ति गणना गर्दा वास्तविक भन्दा कम गरेको साथै प्रिमिय दर बढाई ब्याज असुल गरेकोमा प्राइम बैंकको सीईओलाई राष्ट्र बैंकले बोलाएर सचेत गराएको हो।

Related News

प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
प्रतिनिधिसभा निर्वाचनअघि हातहतियार बुझाउन प्रशासनको आग्रह
  • २०८० श्रावण २२

कैलाली- जिल्ला प्रशासन कार्यालय कैलालीले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै...

TOP