डडेलधुराको अमरगढी नगरपालिकाविरुद्ध स्थानीयहरू सडकमा उत्रिएका छन् । नगरपालिका बस्ती नजिकै डम्पिङ साइड बनाएर दुर्गन्धित बनाएको भन्दै स्थानीय मालमवासी विरोधमा उत्रिएका हुन् । आइतबार मात्रै स्थानीय २१२ जना स्थानीयले हस्ताक्षरसहित नगरपालिकालाई ज्ञापन पत्र बुझाएका थिए ।
७ दिने अल्टिमेटमसहित सङ्घर्षका कार्यक्रम गर्ने चेतावनी दिएका स्थानीय सोमबार नगरपालिका विरुद्ध नाराबाजी गर्दै विरोध प्रदर्शन गरेका हुन् ।
नगरपालिकाले हाल पिकनिक स्पोट नजिकै डम्पिङ साइट बनाएको छ । सदरमुकाम नजिकै रहेको मालम दोबाटाको सडक छेउमै फोहोर थुपार्न लागेको १ वर्ष पुग्न थालेको हो ।
गत पुसदेखि उक्त क्षेत्रमा सदरमुकामको फोहोर थुपारेको नगरपालिकाले सुरुमा केही महिनामै अर्को डम्पिङ साइट बनाउने भनेको थियो । तर, हालसम्म पनि जग्गा नपाइएको कारण देखाउँदै नगरपालिकाले उक्त क्षेत्रलाई दूषित बनाइरहेको स्थानीयको भनाइ छ ।
ज्ञापन पत्र बुझ्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लक्ष्मीप्रसाद उपाध्यायले फोहोर व्यवस्थापनका लागि पहल भइरहेको बताएका छन् । ‘यो भने नेपालकै समस्या हो, रहरले नगरपालिकाले त्यता फालेको हैन । अमरगढीभित्र फोहोर फाल्ने ठाउँ नै देखिँदैन । तर त्यसको लागि पहल भइरहेको छ ।’
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...