२०८१ मंसिर १८, मंगलवार
December 3, 2024, Tuesday

सुन तस्करी प्रकरण : ठमेलको एक होटेल सिल, टोखामा भेटियाे ठूलो गोदाम

काठमाडौं – एक क्विन्टल सुन तस्करी प्रकरणमा जाेडिएकाे आशंकामा राजस्व अनुसन्धान विभागले ठमेलको एक होटेलमा सिलबन्दी गरेको छ ।

विभागको एक टोलीले शनिबार राति सिलबन्दी गरेको हो।

रातभर अन्य हाेटलमा पनि विभागले छापा मारेकाे जनाइएकाे छ। त्यसैगरी राति नै काठमाडौंको टोखामा एउटा सुन पगाल्ने कारखाना नै भेटिएको छ ।

विभागका एक अधिकारीका अनुसार टाेखामा अहिलेसम्मकै ठूलो गोदाम र सुन पगाल्ने सामग्री भेटिएको छ।

यसअघि सोह्रखुट्टेमा बरामद गरिएका सामानमा सुनको तौल लिने, पगाल्ने मेसिन थिए तर टोखामा त ‘फ्याक्ट्री’ नै जस्ताे भएकाे विभाग स्राेतले बताएकाे छ।

साउन ३ गते काठमाडौं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बाहिरिएको सामान बरामद गरिएको थियो । रेडी ट्रेडर्सको नाममा आएको स्कुटरको ब्रेक शु बरामद गरेर हेर्दा त्यहाँभित्र करिब एक क्विन्टल सुन बरामद गरिएको थियो ।

अहिले यस प्रकरणमा विभागले अनुसन्धान जारी राखेकाे छ।

Related News

शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
शिखरका ३३ जना महिलाहरुलाई बाख्रा वितरण
  • २०८० श्रावण १४

दिपायल – शिखर नगरपालिकाका ३३ जना महिलाहरुलाई बाख्रा वितरण गरिएको...

TOP