२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

गैरकानुनी क्लिनिक सञ्चालन गर्ने दुई पक्राउ

धनगढी – गैरकानुनी तरिकाले क्लिनिक सञ्चालन गर्दैआएका दुई जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । इजाजतबिनै क्लिनिक सञ्चालन गरेको पाइएपछि धनगढीबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –३ बोराडाँडीमा अर्जुन क्लिनिक सञ्चालन गरेका ४५ वर्षीय अर्जुन कुँवर र धनगढी उपमहानगरपालिका –७ देवहरियामा अभिनव क्लिनिक सञ्चालन गरेकी २१ वर्षीया कमला बोहरा छन् । 

उनीहरुले चिकित्सासम्बन्धी मापदण्ड पूरा नगरी इजाजत पत्रबिनै विभिन्न प्रकारका औषधिहरु बिक्री वितरण गरेको र चिकित्सा सेवा दिँदै आएको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुवैमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ अन्तर्गत इलाजसम्बन्धी कसुर मुद्दा दायर गरिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको उनले बताए । 

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण १०

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP