२०८३ बैशाख ९, बुधबार
April 22, 2026, Wednesday

गैरकानुनी क्लिनिक सञ्चालन गर्ने दुई पक्राउ

धनगढी – गैरकानुनी तरिकाले क्लिनिक सञ्चालन गर्दैआएका दुई जनालाई कैलाली प्रहरीले पक्राउ गरेको छ । इजाजतबिनै क्लिनिक सञ्चालन गरेको पाइएपछि धनगढीबाट उनीहरुलाई पक्राउ गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक कुलदीप चन्दका अनुसार पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका –३ बोराडाँडीमा अर्जुन क्लिनिक सञ्चालन गरेका ४५ वर्षीय अर्जुन कुँवर र धनगढी उपमहानगरपालिका –७ देवहरियामा अभिनव क्लिनिक सञ्चालन गरेकी २१ वर्षीया कमला बोहरा छन् । 

उनीहरुले चिकित्सासम्बन्धी मापदण्ड पूरा नगरी इजाजत पत्रबिनै विभिन्न प्रकारका औषधिहरु बिक्री वितरण गरेको र चिकित्सा सेवा दिँदै आएको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

दुवैमाथि मुलुकी अपराध संहिता २०७४ को परिच्छेद १९ अन्तर्गत इलाजसम्बन्धी कसुर मुद्दा दायर गरिएको प्रहरी निरीक्षक चन्दले जानकारी दिनुभयो । कैलाली जिल्ला अदालतबाट म्याद थप अनुमति लिएर अनुसन्धान गरिरहेको उनले बताए । 

Related News

डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
डोटी जेसीजले आयोजना गर्दैछ मुख र दाँत सम्बन्धी निःशुल्क स्वाथ्य शिविर
  • २०८० श्रावण १०

  दिपायल – डोटी जेसीजले मुख र दाँत सम्बन्धी निःशुल्क...

TOP