२०८१ पुष २८, आईतवार
January 12, 2025, Sunday

पहिराले घर पुरिएर आमाछोराको मृत्यु, तीनजना घाइते

बैतडी – पहिराले घर पुरिँदा बैतडीमा आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको पुर्चौडी नगरपालिका–२ भैरु टोलका २४ वर्षीया अञ्जु जागरी र ४ वर्षीय रिजन रहेका जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक प्रेमबहादुर शाहीले जानकारी दिए ।

आज बिहान ३ बजे घरमाथिबाट खसेको पहिराले घर पुँरिदा घरभित्र सुतिरहेका उनीहरुको मृत्युु भएको हो । पहिराले पुरेर १८ वर्षीय गोब्बर जागरी, ४५ वर्षीया राइमती जागरी र ६० वर्षीया जस्मा बोहरा घाइते भएका छन् । पहिराले घर र पशुचौपायामा पनि क्षति पुगेको छ । रासस

Related News

पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
पाँचौंं स्थानिय तह स्तरीय राष्ट्रपति रनिङ शिल्ड सुरु
  • २०८० श्रावण ८

दिपायल । दिपायल सिलगढी नगरपालिको पाँचौं स्थानिय तह स्तरीय राष्ट्रपति...

TOP