सुदूरपश्चिम – सुदूरपश्चिम प्रदेशका सात जिल्लामा आसपास भएर बहने नदीमा बाढीको जोखिम रहेको छ। जल तथा मौसम विज्ञान विभाग, बाढी पूर्वानुमान् महाशाखाका अनुसार अछाम, डोटी, बाजुरा, बझाङ, बैतडी, डडेलधुरा, दार्चुला र आसपास भइ बहने केही स-साना नदीहरूको बहाब बढ्ने र केहीमा आकस्मिक बाढी आउन सक्ने सम्भावना छ।
पानीको सतह बढ्ने र बाढीको जोखिम रहेकाले तटीय क्षेत्रहरूमा उच्च सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ। कैलाली र कञ्चनपुर आसपास भई बहने केही स-साना नदीहरूको बहाब सामान्य बढ्ने भएकाले नदी तटीय क्षेत्रमा सामान्य सतर्कता अपनाउन अनुरोध गरेको छ।
सुदूरपश्चिम परदेशमा आज दिउँसो हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। राति उक्त प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना रहेकाले जलसतह बढ्न सक्नेछ। त्यसकारण तटीय क्षेत्रमा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको हो।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...