२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

कांग्रेस बैठक : आज पनि केन्द्रीय सदस्यले धारणा राख्ने

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रिय समिति बैठक जारी रहेको छ ।

गत मंगलबार देखि सुरु भएको केन्द्रिय समिति बैठकमा केन्द्रिय सदस्यहरुले बोल्ने क्रम जारी छ ।

जसअनुसार आजको बैठक विहान ११ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा सुरु हुनेछ।

हिजोको बैठकमा ३५ जना केन्द्रिय सदस्यहरुले धारणा राखेका थिए। शुक्रवारकाे बैठकमा बाँकी केन्द्रिय सदस्यहरुले क्रमशः धारणा राख्ने छन् ।

हिजोको बैठकमा केन्द्रीय सदस्यहरुसुरेन्द्रराज पाण्डे, कर्णबहादुर बुढा, रामजनम चौधरी, डा. गोपाल दहित, योगेन्द्र चौधरी, यज्ञराज जोशी, रमा कोइराला पौडेल, टेकप्रसाद गुरुङ, महेन्द्रकुमार राय, सञ्जयकुमार गौतम, तारामान गुरुङ, आङ्गेलु शेर्पा, मधु आचार्य, दिनेशकुमार यादव, चन्द्रबहादुर केसी, उमेशजंग रायमाझी, अब्दुल सत्तार, उदयशम्शेर राणा, राजेन्द्रकुमार केसी, उमेश श्रेष्ठ, राजीवबिक्रम शाहले आ आफनो धारणा राखिसकेका छन ।

साथै, बैठकमा डा चन्द्रमोहन यादव, सरस्वती बजिमय, चम्पादेवी खड्का, प्रकाश रसाईली स्नेही, ई मोहन आचार्य, मुक्ताकुमारी यादव, रंगमती शाही, मञ्जुकुमारी यादव, प्रतिमा गौतम, अजयवावु शिवाकोटी, गंगालक्ष्मी अवाल, उर्मिला नेपाल के.सी, नारायणी रायमाझी र आमन्त्रित कोशी प्रदेशका सभापति उद्धव थापाले आ–आफ्ना धारणा राखिसकेका छन्।

बिहीबारको बैठकमा सुशासन र भ्रष्टाचारको विषय उठेको थियो। तर, संस्थापनइतर पक्षले मात्रै यो विषय उठाएको थियो। संस्थापन पक्षका नेताहरू नक्कली भुटानी शरणार्थी प्ररकणमा मुछिएका बालकृष्ण खाणको बचाउमा उत्रिएका थिए। इतर समूहले भने त्यसको खुलेरै त्यसको विरोध गरेको थियो।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८० श्रावण ५

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP