काठमाडौं – सुन तस्करी प्रकरणमा अहिलेसम्म पक्राउ पर्नेको सङ्ख्या १० पुगेको छ ।
राजस्व अनुसन्धान विभागले थप ३ जना कार्गो कम्पनी सञ्चालकलाई समातेसँगै पक्राउ पर्नेको सङ्ख्या १० पुगेको हो ।
विभागले करिब एक सय किलो सुन तस्करीमा संलग्न रहेको भन्दै उनीहरूलाई बिहीबार पक्राउ गरेको छ । जसको नाममा सुन आएको थियो त्यही कम्पनीको सामान यसअघि पनि ल्याउने र लैजाने कार्यमा सक्रिय रहेको देखिएपछि उनीहरूलाई पक्राउ गरिएको विभागका महानिर्देशक नवराज ढुंगानाले बताए ।
विभाग स्रोतका अनुसार पछिल्लो पटक पक्राउ पर्नेमा कृष्ण श्रेष्ठ र पुष्करराज भट्ट छन्। पुष्कर ग्लोबल प्रालिका सञ्चालक हुन्। उनलाई विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बोलाएको थियो। त्यस क्रममा उनको पनि संलग्नता देखिएको भन्दै पक्राउ गरिएको स्रोतले जानकारी दियो।
कृष्ण श्रेष्ठलाई भने कोटेश्वरबाट पक्राउ गरिएको हो। यसअघि एक कम्पनीका प्रोप्राइटर राजन श्रेष्ठलाई पनि कोटेश्वरबाटै समातिएको थियो।
बिहीबार दिउँसो चिनियाँ नागरिक जेछियाङ लिन विमानस्थलबाट पक्राउ परेका थिए । त्यसमध्ये छ जनालाई बिहीबार नै उच्च अदालत पाटनबाट १० दिनको म्याद लिएर अनुसन्धान थालिएको छ । बिहीबार दिउँसो पक्राउ परेका चिनियाँ नागरिकसहित चार जनालाई आज म्याद थप गरिने जनाइएको छ ।
बुधबारै पक्राउ परेकामा सुन ओसारपसारमा संलग्न गराइएको ट्याक्सीका चालक अशोक रानामगर, भन्सार एजेन्ट राजेन्द्रकुमार राई, रेडी ट्रेड प्रालिका सञ्चालक दिलीप भुजेल, सहयोगीहरू हर्कराज राई, थुक्पिन छिरिङ र रामकुमार भुजेल रहेका छन् । भन्सार पास भएर बाहिरिन लाग्दा विभागको टोलीले बुधबार राति हङकङबाट ल्याइएको झण्डै १०० किलो सुन बरामद गरेको थियो ।
दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...