२०८२ कार्तिक २९, शनिबार
November 15, 2025, Saturday

वडाध्यक्षले गरे किशोरलाई निर्घात कुटपिट

मकवानपुरको मनहरी गाउँपालिका देशकै पहिलो बालमैत्री घोषणा भएको पालिका हो। तर, यहाँकै एक वडाध्यक्षले आफ्नै कार्यालयमा न्याय माग्न आइपुगेका एक किशोरलाई निर्घात कुटपिट गरेका छन्।

वडा नम्बर–३ का वडाअध्यक्ष अनन्त प्रकाश अर्यालले आफ्नै वडा कार्यालयभित्र स्थानीय १७ वर्षीय प्रशान्त कार्कीलाई हातपात गरेका हुन्। घरायसी विवाद मिलाउन वडा कार्यालय पुगेका प्रशान्तलाई वडाअध्यक्षले चार थप्पड लगाएका प्रत्यक्षदर्शीले बताए।

विवादका क्रममा कान्छी आमाले आफ्नी आमालाई कुटपीट गरेको र छेक्न खोज्दा वडाअध्यक्षले आफूमाथि कुटपिट गरेको प्रशान्तले गुनासो गरे। वडा अध्यक्षले घाँटीमा चार थप्पड हिर्काएको उनले नेपालखबरलाई बताए।

‘मैले वडाअध्यक्षलाई केही गरेको थिइनँ’ प्रशान्तले भने, ‘कान्छीआमाले मेरो आमालाई पिट्न खोज्नुभयो। अनि मैले छेक्न खोज्दा उहाँले मलाई चार झापड हान्नुभयो।’

आफ्नी आमा सानो कान्छी कार्कीलाई सानीआमा सम्झना कार्कीले वडा कार्यालयमा निर्घात कुटपिट गर्दा आफूले छेक्न गएको र छेकेको भन्दै वडा अध्यक्षले आफूमाथि कुटपिट गरेको उनको भनाई छ।

कार्की परिवारको घरायसी झगडा हुँदा वडा कार्यालयमा विवाद मिलाउनुको सट्टा वडा अध्यक्षले उल्टै हातपात गरेको उनले गुनासो गरे।

कार्कीलाई कुटपिट गरिसकेपछि पनि वडाध्यक्षले अभिभावक हुँ जे गर्न पनि पाउँछु भन्दै धम्की दिएको एक प्रत्यक्षदर्शीले बताए।

यस विषयमा वडा अध्यक्ष अर्याललाई फोन गर्दा उनको फोन उठेन।

यता, जिल्ला प्रहरी कार्यालय मकवानपुरले भने यस विषयमा थप अनुसन्धान गर्ने बताएको छ।

Related News

उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
उद्योग वाणिज्य संघले भन्यो – खप्तड केबलकारका लागि सङ्कलित रकम सुरक्षित छ 
  • २०८० श्रावण ३

दिपायल – खप्तड केबलकार निर्माणका लागि सङ्कलन गरिएको रकमका विषयमा...

TOP