२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

कांग्रेसमा २२ विभाग थपेर ७० वटा बनाउन प्रस्ताव

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले थप २२ वटा विभाग थप्न प्रस्ताव गरेका छन् । हाल ४८ वटा विभाग रहेको कांग्रेसमा थप २२ वटा थपेर ७० वटा विभाग बनाउन प्रस्ताव गरिएको छ ।

उनले भने, ‘भदौ १५ भित्र सबै विभाग गठन गरेर पूर्णता दिइसक्ने प्रस्ताव छ ।’ थापाका अनुसार विभागहरूले आफ्नो कार्ययोजनासहित एक वर्षको कार्यतालिका बनाएर भदौ मसान्तभित्र केन्द्रीय कार्यसमितिमा पेश गर्नुपर्ने छ ।

साथै हरेक ६ र ६ महिनामा केन्द्रीय कार्यसमितिमा प्रगति विवरण बुझाउनुपर्नेछ भने केन्द्रीय कार्यसम्पादन समितिले समीक्षा गर्ने छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० श्रावण २

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP