२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

सुदूरपश्चिममा पुँजीगत बजेट खर्चमा वृद्धि

सुदूरपश्चिम प्रदेशमा पुँजीगत बजेट खर्चमा वृद्धि भएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७९÷८० मा पुँजीगत खर्च बढाएको हो । प्रदेश लेखा नियन्त्रण कार्यालयका अनुसार गत आर्थिक वर्षमा पुँजीगत बजेट १५ अर्ब ८१ करोड ३७ लाख ६२ हजार (६९.२२ प्रतिशत) खर्च भएको छ । यो आर्थिक वर्षका लागि प्रदेश सरकारले पुँजीगततर्फ कुल २२ अर्ब ८४ करोड ५७ लाख ६९ हजार रुपियाँ बजेट विनियोजन गरेको थियो ।

आर्थिक वर्ष २०७८÷७९ मा सरकारले ११ अर्ब ९४ करोड ९७ लाख रुपियाँ (६३.२२ प्रतिशत) पुँजीगत खर्च गरेको थियो । गत आर्थिक वर्षभरि २४ अर्ब १५ करोड एक लाख ८५ हजार रुपियाँ बजेट खर्च भएको छ । प्रदेश सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा खर्च प्रतिशतमा झिनो सुधार गर्दै कुल बजेटको ६८.८४ प्रतिशत खर्च गरेको हो । आर्थिक वर्ष २०७८÷७९ मा सरकारको बजेट खर्च प्रगति ६६.६१ प्रतिशत रहेको छ ।

प्रदेश लेखा नियन्त्रण कार्यालयका सूचना अधिकारी यज्ञराज पाण्डेयका अनुसार चालु आर्थिक वर्ष २०७९÷८० का लागि कुल ३५ अर्ब आठ करोड सात लाख ५६ हजार रुपियाँ बजेट रहेको थियो । जसमध्ये १० अर्ब ९३ करोड पाँच लाख ७१ हजार (३१.१५ प्रतिशत) बजेट खर्च हुन सकेन । चालुतर्फ आठ अर्ब ३३ करोड ६४ लाख २३ हजार (६८.१४ प्रतिशत) बजेट खर्च भएको छ । कुल १२ अर्ब २३ करोड ४९ लाख ८७ हजार रुपियाँ बजेट छुट्याइएको थियो । आर्थिक वर्ष २०७८÷७९ मा कुल ३१ अर्ब ४७ करोड ५६ लाख रुपियाँ छुट्याइएको थियो ।

सोमध्ये २० अर्ब ९६ करोड ६१ लाख (६६.६१ प्रतिशत) बजेट खर्च भएको थियो । यो आर्थिक वर्षमा चालुतर्फ नौ अर्ब एक करोड ६४ लाख रुपियाँ (७१.७१ प्रतिशत) बजेट खर्च भएको छ । आर्थिक वर्ष २०८९÷८० मा प्रदेश व्यवस्थापिकाले १४ करोड २९ लाख ५५ हजार (४६.१४ प्रतिशत), प्रदेश लोकसेवा आयोगले पाँच करोड ९७ लाख ६२ हजार रुपियाँ (६०.८० प्रतिशत) बजेट खर्च गरेका छन् । यस्तै मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले २२ करोड ३७ लाख सात हजार रुपियाँ (६७.१८ प्रतिशत) बजेट खर्च गरेको छ ।

आर्थिक मामिला तथा योजना मन्त्रालयले १२ करोड ५८ लाख ६३ हजार (४७.३० प्रतिशत), उद्योग, पर्यटन, वन तथा वातावरणले एक अर्ब ९९ करोड छ लाख ९८ हजार रुपियाँ (७५.८३ प्रतिशत) बजेट खर्च गरेका छन् ।

यसै गरी भूमि, व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले दुई अर्ब २९ करोड ७३ लाख ९९ हजार रुपियाँ (७७.६७ प्रतिशत), आन्तरिक मामिला तथा कानुन मन्त्रालयले २९ करोड ६१ लाख ११ हजार (५६.५९ प्रतिशत) र भौतिक पूर्वाधार विकास मन्त्रालयले १२ अर्ब ४३ करोड छ लाख रुपियाँ (७३.६२ प्रतिशत) बजेट खर्च गरेका छन् ।

सामाजिक विकास मन्त्रालयले पाँच अर्ब २१ करोड ३५ लाख (७७.३६ प्रतिशत), प्रदेश योजना आयोगले दुई करोड १६ लाख ४५ हजार रुपियाँ (७१.३२ प्रतिशत) बजेट खर्च गरेका छन् । एक अर्ब ३४ करोड ७८ लाख रुपियाँ (९१.१७ प्रतिशत) बजेट स्थानीय तहमा पठाइएको छ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले कार्यसूची बाहिर गएर बजेट पास गर्न थालेको भन्दै बैठक बहिष्कार गरेको थियो । एमालेको निर्णयमा राप्रपा र स्वतन्त्रले समेत साथ दिएको थियो । तर पनि बजेट पास गर्दा राप्रपाका खेमादेवी विष्ट बैठकमा सहभागी हुनु भयो ।

एमालेले पत्रकार सम्मेलन गरेरविरोध ग–यो

यसैबिच प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) ले आइतबार पत्रकार सम्मेलन गरेर बजेट पास भएको दिन शनिबारलाई कालो दिन भनेर टिप्पणी गरेको छ । सो दलका नेता तथा निवर्तमान मुख्यमन्त्री राजेन्द्रसिंह रावलले भने, कार्यव्यवस्था समितिको बैठकले बजेटमाथिको छलफल गर्ने भनेर निर्णय गर्ने तर बजेट पास गर्ने कुरा गलत हो ।

त्यसैमा भेडा बाख्रा खरिद गरे जस्तो गरेर असन्तुष्ट प्रदेश सभा सदस्यलाई स्थानीय पूर्वाधार विकास कार्यव्रmम (सांसद विकास कोष) मार्फत खरिद गर्नु प्रदेश सभा सदस्यकै बेइज्जत भएका उनले बताए । उनले सार्वजनिक लेखा समितिको सभापति प्रमुख प्रतिपक्ष एमालेले पाउनुपर्ने बताउँदै त्यसो हुन नदिए थप विरोधका कार्यक्रम गर्न बताए ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०८० श्रावण २

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP