२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

सहकारी पीडित र प्रहरीबीच झडप, पाँच जना पक्राउ

काठमाडाैं – सहकारी पीडितहरुले आन्दोलनका क्रममा सडकमा अवरोध पुर्‍याएको भन्दै प्रहरीले केही पीडितहरुलाई नियन्त्रणमा लिएको छ ।

वचत फिर्ता माग गर्दै सहकारी पीडित बचतकर्ता महासङ्घ सङ्घर्ष समिति नेपालले आज माइतीघर देखि बानेश्वरसम्म गरेकाे प्रदर्शनकाे क्रममा प्रहरी र पीडितबीच झडपकाे स्थिती सिर्जना भएको छ।

आइतबार बिहानदेखि नै प्रदर्शन गरिरहेका उनीहरूमध्ये ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

आफूहरूले बचत गरेको रकमको व्याज, बोनस मात्र नभएर मूलधन नै जोखिममा परेको भन्दै सहकारी लगानीकर्ताहरू ४५ दिनदेखि माइतीघरमा आएर विभिन्न विरोधका कार्यक्रमहरू गरिरहेका छन्।

बचतकर्ताका समस्या छिटो भन्दा छिटो समाधान गर्नुपर्ने, सञ्चालकलाई राजनीतिक संरक्षण बन्द गर्नुपर्ने भन्दै विभिन्न नारासहितका प्लेकार्ड र ब्यानर बोकेर पीडितहरु प्रदर्शनमा उत्रिएका थिए ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८० असार ३१

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP