२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

डोटीमा अटो दुर्घटना, एकै परिवारका तीन जना घाइते

दिपायल – डोटीमा अटो दुर्घटना भएको छ । दुर्घटनामा परी तीन जना घाइते भएका छन ।

जिल्लाको बडीकेदार गाउँपालिका –२ बर्छैनमा अटो दुर्घटना भएको हो । म.प्र.०३००२स १७६९ नम्बरको अटो दुर्घटना हुदाँ तीन जना घाइते भएका छन् ।

घाइते हुनेमा बडीकेदार गाउँपालिका –४ मान्नाकापडी बल्लेजुडीका वर्ष २४ का राम नेपाली, वर्ष २४ की तुल्छा नेपाली र वर्ष ३ की मुस्कान नेपाली रहेको प्रहरी चौकी खड्यौलीका ईन्चार्ज भाष्करदत्त पन्तले बताए । घाइतेहरु एकै परिवारका हुन् ।

घाइतेहरुलाई सामुदायीक स्वास्थ्य इकाइ बर्छैनमा प्राथमीक उपचार पश्चात थप उपचारको लागि घनगढी पठाइएको प्रहरीले जानकारी दिइएको छ । घटना के कारणले भएको हो भन्ने कुरा भने अहिले सम्म खुल्न सकेको छैन ।अटो प्रहरीको नियन्त्रणमा रहेको छ ।

Related News

प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
प्रचण्डमाथि टिप्पणी गरेर थप पीडा दिन चाहन्नँ: रमेश लेखक
  • २०८० असार २९

काठमाडौं– नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल...

TOP