२०८१ असार २९, शनिबार
July 13, 2024, Saturday

काठमाडौं आइपुगे अमेरिकी सहायक विदेशमन्त्री लु

काठमाडौं – दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशी मन्त्री डोनाल्ड लु आज (शुक्रबार) काठमाडौं उत्रिएका छन्।

पछिल्ला केहि दिनदेखि दक्षिण एसियाली मुलुकहरुको भ्रमणका रहेका लु शुक्रबार काठमाडौं आइपुगेका हुन्।

सरकारले संसदबाट पास भइसकेको मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अगस्टदेखि पूर्ण कार्यान्यवन गर्ने बताउँदै आएको छ। सोही विषयमा छलफल गर्न डोनाल्ड लु काठमाडौं आएकाे बताइएकाे छ। नेपालमा रहँदा उनले एमसीसीका विषयमा सरोकारवालाहरूसँग छलफल गर्ने कार्यक्रम रहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ।

मन्त्री लुले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, पररष्ट्रमन्त्री एनपी साउद तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, विपक्षी दलका नेता केपी ओलीलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालय स्रोतले बताएको छ।

नेपालमा डोनाल्ड लुको यो तेस्रो भ्रमण हो। यसअघि उनी १२ मंसिर २०७९ र १ मंसिर २०७८ मा नेपाल भ्रमणमा आएका थिए। त्यसबेला उनले तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवासहित शीर्ष नेताहरूसँग भेटवार्ता गरेका थिए।

उनले प्रधानमन्त्रीसहित शीर्ष नेताहरूसँग द्विपक्षीय हितका विषयमा छलफल गर्नुका साथै एमसीसी परियोजनाका विषयमा छलफल गरेका थिए।

Related News

त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
त्रिशूलीमा खसेका थप दुई यात्रुको श*व नारायणी नदीमा भेटियो
  • २०८० असार २९

काठमाडौं– नारायणी नदी किनारामा थप दुइटा शव फेला परेको छ...

TOP