काठमाडाैं – चितवनको दासढुङगा नजिकै यात्रुबाहक बस अनियन्त्रित भएर सडकबाट खस्दा १९ जना यात्रु घाइते भएका छन्।
शुक्रबार विहान करिब ५ बजेतिर कांकडभिट्टाबाट काठमाडौंतर्फ गइरहेको बागमती प्रदेश०१–००६ ख ५२३७ नम्बरको यात्रुबाहक बस आँफै अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसी रुखमा अड्किँएकाे थियाे।
बसमा सवार चालकसहित ४० जनामध्ये १९ जना घाइते भएकाे जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ।
घाइतेमध्ये १० जनाको पुरानो मेडिकल कलेज भरतपुर र ८ जनाको जिल्ला सरकारी अस्पतालमा उपचार भइरहेको छ भने एक जना घाइतेलाई काठमाडौं पठाइएको प्रहरीले जनाएको छ। बसमा सवार ४० यात्रुमध्ये २१ जना सकुशल छन्।
तीव्र गतिमा रहेको बस अनियन्त्रित भई सडकबाट करिब १० मिटर तल खसेर पल्टिएको थियो। बस रुखमा अड्किएर त्रिशुलीमा खस्नबाट जोगिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...