डोटी – डोटीको सरस्वती माध्यमिक विद्यालयका १० जना विद्यार्थीले एक लाख मूल्य बराबरका शैक्षिक तथा अध्ययन सहयोग सामाग्री पाएका छन्।
जिल्लाको केआईसिँह गाँउपालिकास्थित विद्यालयमा नेपाल–नर्वे जनसम्पर्क समाजका अध्यक्ष तथा युवा नेता जितेन्द्र विक्रम शाहीको उपस्थितीमा हेल्पिङ ह्याण्ड्स फर नेपाल–नर्वेले एक औपचारिक कार्यक्रमको आयोजना गरी शैक्षिक सामाग्रि वितरण गरेको हो।
विद्यालयका १० जना जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका तर अध्ययनमा अब्बल रहेका विद्यार्थीहरुले शैक्षिक सामग्री पाएका हुन्। विद्यालयले विभिन्न राष्ट्रियदेखि अन्तराष्ट्रिय संस्थाहरुबाट विद्यार्थीहरुको सहजताको लागि छात्रवृत्ति तथा शैक्षिक सामाग्रि वितरणको लागि पहल गर्दै आएको छ।
विद्यालयका प्रधानाध्यापक मिनबहादुर राणाले उक्त सहयोगले विद्यालयका जेहेनदार तथा आर्थिक अवस्था कमजोर भएका विद्यार्थीको अध्ययनमा सहयोग पुुग्ने बताए। साथै, उनले हेल्पिङ ह्याण्ड्स फर नेपाल नर्वेका अध्यक्ष विनोद बस्याल र विद्यालयका भुतपूर्व विद्यार्थी जितेन्द्रबहादुर शाहीलाई धन्यवाद समेत ज्ञापन गरेका छन्।
दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...