२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

प्रधानमन्त्री दाहाल असार ३० सम्म कुनै पनि कार्यक्रममा सहभागी नहुने

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो ३० गतेसम्म कुनै पनि राजनीतिक कार्यक्रममा सहभागी नहुने भएका छन्।

पत्नी सीता दाहालको निधनका कारण शोकमा रहेका प्रधानमन्त्री प्रचण्डले आफ्ना सम्पूर्ण कार्यक्रम चार दिनका लागि स्थगित गरेका हुन्।

उनले असार ३० सम्म सरकारी, राजनीतिक तथा कुटनीतिक छलफल र भेटघाटलाई स्थगित गरेका छन्।

प्रधमानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले श्रद्धाञ्जली र समवेदना दिन बालुवाटार आउनेहरुसँग भेटघाट र कुराकानी गर्ने बाहेक अरु कार्यक्रम स्थगित गरिएको जानकारी दिएका छन्।

यी दिनमा प्रधानमन्त्री सिंहदरबार पनि नजाने बताइएकाे छ।

समवेदना प्रकट गर्न आउने शुभेच्छुकहरूले असार २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखि बेलुका ६ बजेसम्म बालुवाटारमा प्रधानमन्त्री प्रचण्डलाई भेट्न सक्ने उनको सचिवालयले जनाएकाे छ।

प्रधानमन्त्री प्रचण्डकी पत्नी सीता दाहालको ६९ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारकाे क्रममा बुधबार निधन भएको हाे।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८० असार २८

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP