२०८१ फाल्गुन ३, शनिबार
February 15, 2025, Saturday

घाँस काट्न गएकी बालिकाको ढुङ्गाले लागेर मृत्यु

अछाम – घाँस काट्न गएकी बालिकाको ढुङ्गाले लागेर मृत्यु भएको छ । चौरपाटी गाउँपालिका–१ सिउडी निवासी १५ वर्षीया अमृता साउदको मङ्गलबार बेलुकी मृत्यु भएको हो ।

वडामै रहेको देवल्छडा सामुदायिक वनमा घाँस काट्ने क्रममा माथिबाट आएको ढुङ्गा टाउकोमा लागेर मृत्यु भएको वडा अध्यक्ष वीरबहादुर थापाले जानकारी दिनुभयो ।

मृतक साउद बिहान कक्षा ८ को त्रैमासिक परीक्षा दिएर घरबाट खाना खाएर बेलुकी घाँस काट्न गएकी थिइन् । साउद स्थानीय सिउडी माध्यमिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत थिइन्।

Related News

प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
प्रधानमन्त्रीलाई डोटीबाट चस्मा उपहार
  • २०८० असार २७

दिपायल–डोटीका स्थानीयबासीहरुले प्रधानमन्त्री केपी शर्मा ओलीलाई एक चस्मा र एक...

TOP