२०८१ असार २८, शुक्रबार
July 12, 2024, Friday

राजकीय सम्मानका साथ प्रचण्ड पत्नी सीताको अन्त्येष्टि

काठमाडौं – प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको पार्थिव शरीर राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।

आज बिहान निधन भएकी दाहालको अन्त्येष्टि राजकीय सम्मानसहित गर्न गृह मन्त्रालयले सिफारिस गरेको हो ।

मन्त्रिपरिषद्को बैठकबाट उक्त निर्णय गर्ने बैठक बस्न नसके पछि पारित गर्ने गरि राजकीय सम्मानसहित अन्त्येष्टि गरिने तयारी गरिएको छ ।

गृह मन्त्रालय आदेश अनुसार पशुपति विकास कोषले राजकीय अन्त्येष्टिको तयारी थालेको कोषका निर्देशक घनश्याम खतिवडाले जानकारी दिए ।

Related News

राष्ट्रपति भेट्न शीतलनिवासमा प्रचण्ड
राष्ट्रपति भेट्न शीतलनिवासमा प्रचण्ड
  • २०८० असार २७

काठमाडौं– आफू नेतृत्वको सरकार ढलेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति...

TOP