२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

सीमा क्षेत्रमा भेटियो कटुवा पेस्तोल

धनगढी – कैलालीमा भारतीय सीमावर्ती क्षेत्रबाट कटुवा पेस्तोल बरामद भएको प्रहरीले जनाएको छ । धनगढी उपमहानगरपालिका–१९ को आँखीफुुट्टेबाट सशस्त्र प्रहरीले बेवारिसे अवस्थामा कटुुवा पेस्तोल बरामद गरेको जनाएको हो ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ३४ गणका सशस्त्र प्रहरी नायब उपरीक्षक(डीएसपी) धिरेन्द्र शाहले सहायक सीमा स्तम्भ नम्बर ७३७/३ नजिकै गाईगोरु हेर्न बनाइएको खरले छाएको छाप्रोभित्र पेस्तोल भेटिएको जानकारी दिए ।

उनकाअनुसार बिओपी लल्लीपुरका सशस्त्र प्रहरी नायब निरीक्षक(सई) कृष्णबहादुर थापा नेतृत्वको टोलीले पेस्तोल बरामद गरेको हो ।

बरामद गरिएको पेस्तोल आवश्यक कारबाहीका लागि नेपाल प्रहरीलाई बुझाइने सशस्त्र प्रहरीले जनाएको छ ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८० असार २७

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP