२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

खाना पकाउने ग्याँस लिक हुँदा आगलागी

कञ्चनपुर – कञ्चनपुरमा खाना पकाउने ग्याँस लिक हुँदा आगलागी भएको छ।

जिल्लाको भिमदत्त नगरपालिका–९ ब्रहमदेवका रमेश बोहराको घर नजिकै रहेको नास्ता पसलमा खाना पकाउने ग्याँस सिलेण्डरबाट ग्याँस लिक भई आगलागी भएको प्रहरीले बताएको छ।

आगलागी हुँदा पसलभित्र रहेका किराना सर–सामान, भाडा बर्तन र काठ गरि अन्दाजी मुल्य २ लाख बराबरको सामानहरु जलेर नष्ट भएको जनाइएको छ। उक्त आगलागी प्रहरी र स्थानियको सहयोगमा नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० असार २६

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP