२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

हेलिकोप्टर दुर्घटनामा परेका ६ जनाकै शव भेटियो

काठमाडौं – सोलुखुम्बुको लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामजुरामा दुर्घटनाग्रस्त मनाङ एयरको हेलिकप्टरमा सवार ६ जनाकै शव फेला परेको छ।

आज (मंगलबार) सोलुखुम्बुबाट काठमाडौंका लागि उडेको मनाङ एयरको ९एनए–एमभी कलसाइन भएको हेलिकप्टर बिहान १० बजेर १ मिनेटपछि सम्पर्कविहीन बनेको थियो । बेपत्ता हेलिकप्टर लिखुपिके गाउँपालिका- ५ भकान्जेस्थित लामाजुराको च्यानडाँडामा दुर्घटनाग्रस्त अवस्थामा भेटिएको हो।

हेलिकोप्टरमा एक जना चालक र पाँच जना म्याक्सिकन नागरिक सवार थिए । उक्त हेलिकोप्टर क्याप्टेन चेत गुरूङले उडाएका थिए । हेलिकोप्टरमा मेक्सिकन नागरिक सीफुन्ट जी फर्नाडो, रिनकोन स्मार, सीफुन्ट मारिया, गुन्जालेज ओलाक्लो र जोन्जालेक्स एब्रिक सवार रहेको बताइएको छ ।

दुर्घटनाग्रस्त हेलिकप्टरमा सवार सबैजनाको ज्यान गएको उद्धारका लागि दुर्घटनास्थल पुगेका प्रहरी सहायक निरीक्षक निराजन बस्नेतले बताए ।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०८० असार २६

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP