२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

लुक्लाबाट काठमाडौं आउँदै गरेको मनाङ एयरको हेलिकोप्टर बेपत्ता

काठमाडौं – सोलुको लुक्लाबाट काठमाडौंका लागि बिहान १० बजे उडान भरेको मनाङ एयरको हेलिकोप्टर सवा १० बजे सम्पर्कविहीन भएको त्रिभुवन विमानस्थलले जनाएको छ।

पौने ११ बजे काठमाडौं अवतरण हुनुपर्ने हेलिकोप्टर अहिलेसम्म सम्पर्कमा नआएको त्रिभुवन विमास्थलका प्रवक्ता टेकनाथ सिटौलाले बताए। उनका अनुसार हेलिकोप्टरमा पाइलटसहित पाँच विदेशी नागरिक थिए।

९एनए–एमभी कलसाइनयुक्त हेलिकप्टर बिहान १० बजे सम्पर्कविहीन भएपछि खोजी जारी रहेको मनाङ एयरले बताएको छ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८० असार २६

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP