काठमाडौं – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीकाे राजीनामा माग्दै शुक्रबार पनि राष्ट्रिय सभा बैठकमा अवरोध जारी राखेको छ ।
आजको बैठक पनि अघि बढ्न नसकेपछि २४ असारमा बस्ने गरी बैठक स्थगित गरिएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग्दै लगातार ३ दिनदेखि एमालेले संघीय सदनका दुवै सभाको बैठक अवरोध गर्दै आएको छ ।
एमालेले प्रधानमन्त्रीको राजीनामा नआए संसद् चल्न नदिने अडान लिइरहेको छ।
एमालेका सांसदहरुले अवरोध गरेका कारण राष्ट्रिय सभाको बैठक शुक्रबार पनि नियमित कार्यसूचीमा प्रवेश नै नगरी स्थगित हुन पुगेकाे छ । राष्ट्रिय सभामा सरकारले ल्याएको विनियोजित विधेयकमाथि छलफल गर्ने कार्यसूची थियाे।
दिपायल – “प्रथम रनिङ्ग मेयर कप पुरुष भलिबल प्रतियोगिता २०८१”...