काठमाडौँ – बुधबारदेखि अवरुद्ध प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजेका लागि डाकिएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसूची अनुसार आजको बैठकमा तीन वटा विधेयक प्रस्तुत हुनेछन् । जसअनुसार राष्ट्रिय सभाबाट उत्पति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० प्रतिनिधि सभा बैठकमा टेबुल हुनेछ ।
यसैगरी, कानून, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले केही नेपाल ऐन संसोधन गर्न बनेको विधेयक २०८० पेश गर्नेछन् भने राष्ट्रिय सभामा उत्पति भएको ‘मुलकी संहिता सम्बन्धी केही नेपाल ऐन संसोधन गर्ने विधेयक २०८० माथिको दफावार छलफल सदनमा गरियोस् भन्ने प्रस्ताव पेश गर्नेछन् ।
र, आजै सो विधेयकमाथि संशोधनहरुलाई निर्णयार्थ प्रस्तुत गरिने सम्भावित कार्यसूचीमा राखेको संसद सचिवालयलले मुलुकी संहिता सम्बन्धी विधेयक पारित गर्ने प्रस्ताव प्रस्तुत हुनेछ ।
चल्न देला त विपक्षीले संसद ?
गत बुधबारको बैठक नेकपा एमालेले चल्न दिएन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको राजीनामा माग गर्दै एमालेले संसद चल्न नदिने बताइरहेको छ ।
गत सोमबारको एक कार्यक्रममा आफूलाई प्रधानमन्त्री बनाउनका लागि प्रितम सिंह दिल्ली जानेदेखि नेपालका नेताहरुलाई भेटेको उल्लेख गरेपछि प्रचण्ड विवादमा आएका हुन् ।
तर यो प्रसङ्गको जवाफ नखोजी एमालेले जवाफ हैन प्रचण्डको राजीनामा चाहिएको भन्दै संसद अवरुद्ध गरेको हो ।
आजको बैठकमा प्रचण्डले स्पष्टीकरण दिने बताइएको छ । यसअघि हिजोको सात दलको गठबन्धन बैठकले पनि संसदमा स्पष्टीकरण दिने निर्णय गरेको थियो ।
एमालेले हिजोको राष्ट्रिय सभा बैठक पनि चल्न दिएको थिएन ।
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...