२०८२ बैशाख ११, बिहीबार
April 24, 2025, Thursday

कांग्रेसमा क्रियाशील सदस्यता सम्बन्धी विवाद र मतभेद कम हुन्छ : मीन विश्वकर्मा

काठमाडौँ – नेपाली कांग्रेसका महामन्त्रीद्वयको संयोजनमा पार्टी सदस्यका सम्बन्धमा जिल्ला सभापतिहरुलाई प्रशिक्षण दिइएको छ ।

जिल्ला सभापतिहरुसँगको छलफलकै बीचमा केन्द्रीय सदस्य तथा प्रचार विभाग प्रमुख मीन विश्वकर्माका अनुसार महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले छलफलको विषय प्रकाश पारेका हुन् ।

आइटी विज्ञ दिपेश विष्टले अनलाइन सदस्यता वितरणबारे जानकारी दिएको बताए । विश्वकर्माका अनुसार छलफलमा ६५ जिल्ला सभापति सहभागी रहेका छन् ।

आधा दर्जन जिल्ला सभापतिले आफ्नो धारणा राखेका छन् ।

कांग्रेसको साधारण सदस्य अनलाइनबाट सहजै लिन पाउने व्यवस्था गरिएको छ । विश्वकर्माले भने, ‘क्रियाशील सदस्यको सदस्य हल हुने भएको छ । सहजै सदस्यता पाउन सकिने छ ।’ पार्टीका सबै निकायको अनलाइनमा पहुँच रहने बताए ।

विश्वकर्माले भने, “क्रियाशील सदस्यता महाधिवेशनको संघारमा मात्रै नवीकरण गर्ने प्रचलनले अप्ठ्यारो परेकोमा अब नियमित रूपमा नवीकरण गर्न पाउने व्यवस्था गरेका छौँ ।” क्रियाशील सदस्यता सम्बन्धी विवाद र मतभेद कम हुने उनकाे विश्वास छ ।

आजकै बैठकमा पार्टीले आगामी दिनमा लिनुपर्ने रणनीति र कार्यक्रमबारे पनि छलफल भइरहेको उनले बताए ।

उनले भने,”जिल्ला सभापतिहरुले पार्टी नेतृत्व र सरकारबारे पनि धारणा राख्नुभएको छ । सरकारले पार्टीसँग समन्वय नगरेकोबारे ध्यानाकर्षण गराउनुभएको छ ।”

Related News

डोटीमा मिनीट्रक दुर्घटना, तीन जनाको मृत्यु 
  • २०८० असार २१

  दिपायल, वैशाख १० गते । डोटीमा मिनीट्रक दुर्घटनामा परी तीन...

TOP