२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

देउसराको छायांकन हुँदै


दिपायल – डाेटेली भाषाकाे “देउसरा आइगै” गीतको छायांकन गरिएको छ । छायांकनको काम सकिएसँगै केही दिनमा बजारमा ल्याउने तयारी भइरहेको छ ।

संगीत भरिएको लामो समय पछि यो गीत भिडियो सहित बजारमा आउन लागेको हो । चर्चित गायक तथा संगीतकार तिलक सिंह पेलाले यस गीतमा शास्त्रीय संगीतको संयाेजन गर्नुभएकाे छ ।

हेमन्त विवशले रचना गर्नुभएकाे यस गीतकाे एरेन्ज रिदम कडेलले गर्नुभएकाे छ । गीतमा सुदूरपश्चिमकाे भेषभुषा देखाइएको छ। पेलाको “के लत बस्यो मलाई” को अपार सफता पछि यो गीत बजारमा आउन लागेको हो । यो गीत पनि सो गीत जस्तै चर्चित हुने विश्वास लिइएको छ ।

डोटेली भाषाको यो गीतमा फरक संगीत, शब्द प्रयोग गरिएको छ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०८० असार १९

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP