२०८१ चैत्र ६, बुधबार
March 19, 2025, Wednesday

किशोरीमाथि सामूहिक बलात्कार आरोपमा दुई युवक पक्राउ

कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनी नगरपालिका ६ हेल्थपोस्टमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको घटना बाहिरिएको छ । बलात्कार आरोपमा सोमबार प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।

सोही नगरपालिकाको वडा नं. ९ का २१ वर्षीय पवन प्रसाद उपाध्याय र २६ वर्षीय अमरबहादुर खत्री पक्राउ परेका हुन् ।

उनीहरु दुबै जना डेरी सञ्चालक हुन् । उनीहरुलाई पीडित किशोरीका आफन्तले दिएको जाहेरीका आधारमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी प्रकाश डांगीले बताए ।

दोधारा चाँदनी नगरपालिकामा बस्ने १७ वर्षीया किशोरी आइतबार साँझ सोही नगरपालिका ७ मा आफन्तको जन्मदिन मनाउन गइरहेकी थिइन् । त्यसैबेला हेल्थ पोस्टमा डेरी सञ्चालक उपाध्यायले मोटरसाइकलमा पुर्‍याइदिने भन्दै भित्र बोलाएर जबर्जस्ती गरेको प्रहरीको प्रारम्भीक अनुसन्धानमा खुलेको छ ।

Related News

सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
सुदूरपश्चिमबाट एसईईमा ५८ हजार ९४३ परीक्षार्थी सहभागी हुँदै
  • २०८० असार १९

दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...

TOP