२०८१ श्रावण ३, बिहीबार
July 18, 2024, Thursday

इन्जिनियरिङ कलेजले डोटीमा मान्यता पायो

दिपायल – दुई वर्ष अघि प्रस्तावित इन्जिनियरिङ कलेजले डोटीमा मान्यता प्राप्त गरेको छ । नेपाल सरकारको नीति तथा कार्यक्रम र त्रिभुवन विश्वविद्यालयको योजना अनुसार यहि असार १२ गतेका दिन प्रधानमन्त्रीको अध्यक्षतामा बसेको त्रिवि सभाले इन्जिनियरिङ्ग अध्ययन संस्थान अन्तर्गत खप्तड क्याम्पस डोटीलाई आंगिक क्याम्पसको रुपमा घोषणा गरेको हो ।

आंगिक क्याम्पसको घोषणासंगै सोमबार एक कार्यक्रमका बिच जिल्ला समन्वय समितिको भवनमा क्याम्पस परियोजना संयोजकको कार्यालय स्थापना गरिएको छ । परियोजना सहजिकरण समितिका संयोजक एवं दिपायल सिलगढी नगरपालिकाका नगरप्रमुख बाजी सिंह खड्काको अध्यक्षता तथा समन्वय समितिका प्रमुख लक्ष्मण बहादुर सिंहको प्रमुख आतिथ्यतामा परियोजनाको व्यानर टाँसेर कार्यालयको स्थापना गरिएको हो ।

कार्यालय स्थापना कार्यक्रममा बोल्दै समन्वय प्रमुख सिंहले आंगिक क्याम्पसको मान्यता पाएसंगै पढाई संचालनका लागि सबैले लाग्नुपर्ने बताए । ‘सबैभन्दा ठुलो चुनौति क्याम्पस संचालनका लागि भौतिक संरचना निर्माण गर्नुपर्ने रहेको छ’ सिंह बताए । तिनै तहका सरकार, राजनितिक दल, नागरिक समाज लगायतको पूर्ण सहयोगमा मात्रै भौतिक संरचना निर्माणको कार्य सम्भव रहेकाले सबै निकायहरुलाई समेत सहयोगका लागि सिंहले आग्रह गरेका छन् ।

सिलगढी स्थित थाप्लामा क्याम्पसको नाममा रहेको करिब १२५ रोपनी जमिनमा सडक पु¥याउनको लागि नगरपालिकाले ३५ लाखसम्म छुट्याएको र भौतिक संरचना निर्माण लगायतको सहयोगका लागि नगरपालिका पछि नहट्ने नगरप्रमुख खड्काले बताए ।

प्रदशस्तरमै एकमात्र इन्जिनियरिङ्ग क्याम्पस रहेकाले प्रदेश सरकारको समेत पूणर् सहयोग रहने कुरामा आफु ढुक्क रहेको खड्काले बताए । परियोजना सहजिकरण समितिका संयोजकको नाताले पनि क्याम्पस संचालन तथा विकासका लागि सक्रिय रुपमा लाग्ने र भौतिक संरचना निर्माणका लागि डोटीका सबै पालिकासंग घनिभुत छलफल गरेर अगाडि बढ्नुपर्ने उनले बताए ।

क्याम्पसका परियोजना संयोजक एवं प्रस्तावित क्याम्पस प्रमुख रामप्रसाद पौडेले क्याम्पसका भौतिक पूर्वाधार तथा ल्याब लगायत अन्य संरचना निर्माण पश्चात मात्रै अध्ययन सुरु हुने भएकाले यसको लागि सबैको सहयोग हुनुपर्ने बताए । ‘आंगिक क्याम्पसको रुपमा जन्म भयो तथा यसलाई हुर्काउने जिम्मा अब सबैको हुनु पर्दछ’, पौडेलले भने, ‘भौतिक संरचना निर्माणका लागि अहिले साढे चार करोड आएको भएपनि त्यो पर्याप्त छैन ।’

खप्तड क्याम्पसमा सुरुमा सिबिल इन्जिनियर र कम्प्युटर इन्जिनियर पढाइ हुने संयोजक पौडेलले जानकारी दिए । उनले आफु समेत जतिसक्दो चाँडो क्याम्पसमा पढाई सुरु गर्नमा लाग्ने बताए ।

Related News

बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
बाल सुधार गृहमा क्षमताभन्दा दोब्बर बालबालिका
  • २०८० असार १९

दिपायल- सुदूरपश्चिम प्रदेशमा एउटा मात्रै बाल सुधार गृह छ ।...

TOP