२०८२ बैशाख ६, शनिबार
April 19, 2025, Saturday

एक बालकको स्कुलमै मृत्यु

दार्चुला – दार्चुलाको एक स्कुलमै बालकको मृत्यु भएको छ।

जिल्लाको अपि हिमाल गाउँपालिकाको वडा नम्बर–६ धङकङ छिपुलाकेदार मावि कक्षा ५ मा अध्ययनरत रहेका विद्यार्थीको स्कुलको कम्पाण्डबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ।

आइतवार विद्यालयमा खेलिरहेका बेला मानसिह महताका छोरा अन्दाजी १२/१३ वर्षीय समिर महताको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय दार्चुलाका प्रहरी निरीक्षक एवम सुचना अधिकारी ज्ञानेन्द्र बहादुर सिंहले जानकारी दिए।

स्कुलको कम्पाण्ड नजिकै खेलिरहेका उनी लडेर झण्डै ५०÷६० मिटर तल खसेर घटनास्थलमै मृत्यु भएको उनले बताए। घटना बारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Related News

नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो, दिपायलबाट ७५ जना छनोट गरिने (सूचनासहित)
  • २०८० असार १८

दिपायल– नेपाली सेनाले सैन्य पदका लागि दरखास्त आह्वान गरेको छ...

TOP