२०८२ जेष्ठ २९, बिहीबार
June 12, 2025, Thursday

श्री एयरलाइन्सका सबै उडान स्थगित

काठमाडौं – श्री एयरलाइन्सले आइतबारका लागि निर्धारित सबै उडान स्थगित गरेको छ।

एयरलाइन्सले शनिबार प्रेस नोट जारी गरी आइतबारका सबै उडान स्थगित गरेको जानकारी दिएको हो।

एयरलाइन्सका कर्पोरेट प्रबन्धक अनिल मानन्धरले उडान स्थगित गरी आइतबार कम्पनीका सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय भएको जनाएका छन्। सोमबारदेखि भने सबै उडान नियमित हुनेछ।

शनिवार ३ः३० बजे काठमाडौंबाट धनगढीका लागि उडेको विमानमा प्राविधिक समस्या आई पुनः काठमाडौं नै फिर्ता ल्याई अवतरण गरिएको थियो। यसपछि एयरलाइन्सले आइतबार आफ्ना सबै विमानको प्राविधिक परीक्षण गर्ने निर्णय गरेको छ।

Related News

पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
पत्रकार जोशी पहलमानसिंह स्वाँर स्मृति प्रादेशिक प्रतिभा सम्मानद्वारा सम्मानित  
  • २०८० असार १७

धनगढी, जेठ २४ –सुदूरपश्चिम प्रज्ञा प्रतिष्ठानद्वारा आयोजित पहलमानसिंह स्वाँर नेपाल–भारत...

TOP