२०८० मंसिर १९, मंगलवार
December 5, 2023, Tuesday

सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रममा आजदेखि छलफल हुने

धनगढी – सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०८०/८१ को वार्षिक नीति तथा कार्यक्रम आज प्रदेश सभामा प्रस्तुत हुने भएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले तयार पारेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम प्रदेश प्रमुख देवराज जोशीले प्रस्तुत गर्नुहुनेछ । प्रदेश प्रमुखले अपराह्न ४ बजे प्रदेश सभामा वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नु हुने कार्यसूची तय भएको सभामुख भीमबहादुर भण्डारीले जानकारी दिए ।

प्रदेश सरकारको आगामी नीति तथा कार्यक्रम बजेटको सिद्धान्त र प्राथमिकतालाई पूरा गर्ने गरी आउने बुझिएको छ । सदनमा प्रस्तुत हुने नीति तथा कार्यक्रमका आधारमा प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि बजेट विनियोजन गर्नेछ ।

Related News

डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार, खोजी कार्यमा सहयोग गरिदिन अनुरोध
  • २०८० जेष्ठ २५

दिपायल – डोटीका दुई जना विद्यार्थी होस्टेलबाट फरार भएका छन्...

TOP