२०८१ असार ३०, आईतवार
July 14, 2024, Sunday

त्रिभुवन माविमा अध्ययनरत विद्यार्थी १२ दिनदेखि बेपत्ता

धनगढी –धनगढीमा १२ दिनदेखि त्रिभुवन माविमा अध्ययनरत एक विद्यार्थी बेपत्ता भएका छन्।


धनगढी उपमहानगरपालिका वडा नम्बर–३ (सुधार केन्द्र नजिक) बोराडाँडीका १४ वर्षीय बालक प्रकाश नेपाली बेपत्ता भएका हुन्। उनी कक्षा आठको परिक्षा दिएर घर बसेका थिए। परिक्षा दिएर सकेका उनी चैत्र २४ गते घरबाट दिदिको घर जान्छु भनी निस्केका हुन् । तर उनी दुबै दिदिको घरमा नपुगेको उनका बुवा दिनेश नेपालीले बताए।

उनका एउटा दिदिको घर कञ्चनपुरको बन्सा र अर्को दिदिको घर दैजीमा हो । उनको परिवारमा अहिले रुवाबासी चलेको छ। उनलाई फेला पार्ने वा कसैले देखेमा नजिकको प्रहरी कार्यालय अथवा ९८२४६३४३९८ र ९८४३३२०६१० नम्बरमा सम्पर्क गरिदिन उनका बुवाले आग्रह गरेका छन्।

Related News

सिमलताल पहिरो: तीन वटै शवको पहिचान
सिमलताल पहिरो: तीन वटै शवको पहिचान
  • २०८० बैशाख ५

चितवन– नारायणी नदीमा शनिबार भेटिएका तीनवटै शवको परिचय खुलेको छ...

TOP