२०८१ असार ३१, सोमबार
July 15, 2024, Monday

मन्त्रिपरिषद् बैठक अबदेखि सातामा एक दिन मंगलबार बस्‍ने

काठमाडौँ – मन्त्रिपरिषद् बैठक अबदेखि सातामा एक दिन मंगलबार बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहालले नियमित रूपमा मन्त्रिपरिषद् बैठक सातामा एक दिन मंगलबार बस्ने र आवश्यक परेको बेलामा आकश्मिक रूपमा जुनसुकै बेला बस्न सक्ने निर्णय लिएका हुन् ।

साताको मन्त्रिपरिषद् बैठक आजका लागि अपरान्ह चार बजे बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोबिन्द आचार्यले जानकारी दिए ।

यसअघि मन्नित्रपरिषद्को नियमित बैठक सोमबार र बिहिबार बस्ने गरेको दियो । कार्यतालिकामा काम गर्न मन्त्रिपरिषद् बैठक मगलबार बस्ने गरी वयवस्था गरिएको प्रेस सल्लाहकार आचार्यले जानकारी दिए ।

Related News

रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
रेडियो नेपालले सुरु ग-यो बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण
  • २०८० बैशाख ५

दिपायल-  रेडियो नेपाललले बैतडेली र राजवंशी भाषामा समाचार प्रसारण गर्न...

TOP