दिपायल – डोटीको दिपायलमा पहिलो पटक बृहत् लिफ्ट सिँचाइ योजना निर्माण सुरु गरिएको छ । दिपायल सिलगढी नगरपालिकाले वडा नं १, २ र ३ का लागि बासुधारास्थित सेती नदीबाट रु ६० लाखलागतमा लिफ्ट सिँचाइ योजना निर्माण अघि बढाएको हो ।
योजना निर्माणपछि सेती नदीको पानी दुई सय मिटर अग्लो उचाइमा रिजर्भ गरिनेछ भने त्यसबाट करिब तीन हजार घरपरिवारले सिँचाइ गर्न पाउनेछन् । यो क्रमागत योजना भएकाले २०८० सालभित्र सक्ने गरी निर्माण सुरु गरिएको पनि नगर कार्यपालिकाको भनाइ छ ।
सिँचाइ सुविधापछि व्यावसायिक तरकारी खेतीबाट कृषकहरूको आयस्तर बढाउने अपेक्षा गरिएको स्थानीय खगेन्द्र बोगटीले बताए । योजना सञ्चालनमा आएपछि सिँचाइका लागि पावर डिप स्यालो ट्युबेल जडान गरिनेछ ।
दिपायल सिलगढी नगरपालिकाको चालु आर्थिक वर्षको बजेटमा सेती नदी बासुधारास्थित लिफ्ट सिँचाइ योजना समावेश गरिएको थियो ।रासस
दिपायल- चैत ७ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई)मा...